उर्लाबारी । मोरङको उर्लाबारी–४ स्थित उर्लाबारी बहुमुखी क्याम्पस कक्षा १२ मा अध्यनरत छात्रा उर्लाबारी–३ मंगलबारे निवासी १९ बर्षीया पूजा पोडैल प्रहरी सम्पर्क आएकी छिन् ।
विवाहित पौडेल एक युवा, युवाकी आमा र छिमेकीसहित प्रहरीको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीले जनाएको छ । ती युवासहितको बारेमा भने प्रहरीले खुलाउन चाहेन । बर्दघाट प्रहरीका अनुसार पूजाको परिवारलाई खबर गरेका छौं, उहाँहरु आफैं प्रहरीको सम्पर्कमा आउनु भएको हो । गत मंगलबार बिहान करिब ५ः०० बजे कलेज गएकी छात्रा पौडेल सम्पर्क विहीन बनेकी थिइन् । त्यसपछि प्रहरी र परिवारले खोजी कार्य तीब्र पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय