दमक । नेकपा एमाले दमक नगर कमिटीको दोस्रो अधिवेशनबाट राम पौडेल निर्वाचित हुनुभएको छ ।
३ सय ५८ मत खसेकोमा अध्यक्षमा पौडेलले १ सय ६४ मत ल्याउँदै निर्वाचित हुनुभएको हो । अध्यक्षका प्रत्यासी भगवान बस्नेतले ७७ , युवराज घिमिरे ७५ र सन्तोष दुलाल २५ मत ल्याउनुभएको थियो ।
त्यस्तै, उपाध्यक्षमा उर्मिला ओली १ सय ८८ मतका साथ विजयी हुनुभएको छ । उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद गुरागाईं २५ र दिपेश दाहाल १२ मत पाउनुभयो । सचिवमा गिरेन्द्र चम्लागई १ सय ८१ मत ल्याउँदै विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिष्र्धी तेजप्रसाद तिवारीले १ सय ५५ मत पाउनुभयो । उपसचिव खुल्लामा झसराज ढकाल १ सय २९ मतका साथ विजयी बन्नुभयो । उहाँका प्रतिष्पर्धीहरु डेन्जोङ शेर्पा ७४, गजेन्द्र धिमाल ४०, खडग राई ३५ र मणिराज धिमाल २७ मत पाउनुभयो । उपसचिव महिलामा सीता कार्की १ सय ९० मतका साथ निर्वाचित हुनुभयो । उहाँको निकटतम प्रतिष्पर्धी मुना सिग्देल १३०मत ल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय