उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले डोजर चलाएको छ । उर्लाबारी–६ की रिमा पोद्धारको घरमा नगरपालिकाले डोजर चलाएको हो । पटक पटक सूचना दिँदा पनि अटेर गरी भौतिक संरचना निर्माण गरेपछि डोजर चलाइएको जनाइएको छ । लामो समयदेखि बसोबास गर्दै आएका पोद्धार परिवारले २ महिनाअघि देखि पक्की संरचना निर्माण गर्न थालेका थिए । बनिँदै गरेको भौतिक संरचनामा नगरपालिकाले डोजर चलाएर भत्काइदिएको छ । पक्की संरचना नबनाउन पत्रचार गर्दासमेत अटेरी गरेकाले भत्काइएको नगर प्रहरी प्रमुख याम कार्कीले बताउनुभयो ।
पोद्धार परिवारले भने नगरपालिकाले ज्याजती गरेको भन्दै विरोध जनाएका छन् ।























