ताप्लेजुङ। बिहीबार राति गएको पहिरोले पुरिएर ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुका बाबु, आमा र दुई बहिनीहरुको मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

फक्ताङलुङ–२ खेजेनिममा राती १ बजे तिर घर माथिबाट पहिरो खस्दा ४ जनाको ज्यान गएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

बुबा ७१ वर्षीय राम बहादुर साम्रा, आमा श्रीमति जसमाया लिबाङ साम्रा र जुम्ल्याहा छोरीहरू ९ वर्षीया गंगा साब्रा र जमुना साम्राको मृत्यु भएको उनले बताए । ।

राती सतिरहेकै बेला पहिरो खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय