
उर्लाबारी । अनलाइन टिभी पत्रकार संघ नेपालको प्रथम कोशी अधिवेशन मोरङको उर्लाबारीमा हुने भएको छ ।
साउन १ गते उर्लाबारी–५ स्थित होटल ग्राण्डमा कोशी प्रदेशको प्रथम अधिवेशन हुने भएको हो । अनलाइन टिभी पत्रकारहरुको हकहितका लागि स्थापना भएको उक्त संघ नयाँ नेतृत्वसमेत चयन हुने कार्यक्रम रहेको सह–संयोजक किशोर श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशनलाई भब्य र सभ्य बनाउन अन्तिम तयारी भइरहेको उहाँको भनाई छ । कोशी प्रदेशभरीका ५० भन्दा बढी अनलाइन टिभी पत्रकारहरुको सहभागिता रहने जनाइएको छ ।