कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले माघे संक्रान्तिको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देश जारी गर्दै मन्त्री पालुङ्वाले माघे संक्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको प्रमुख पर्व भएको उल्लेख गर्नुभएको छ। उहाँले तिल, चाकु, घ्यू, तरुल, सखरखण्ड, भ्याकुर र खिचडीजस्ता परिकारहरू माघे संक्रान्तिको पहिचान बनेको बताउँदै तिल र चाकु शरीरलाई न्यानो राख्न सहयोगी हुने विश्वास रहेको उल्लेख गर्नुभएको छ।

राज्यमन्त्री पालुङ्वाले माघे संक्रान्तिले नेपाली समाजमा शान्ति, समृद्धि, सामाजिक सद्भाव तथा आपसी सहकार्यलाई थप मजबुत बनाओस् भन्ने कामना व्यक्त गर्नुभएको छ। साथै, यस शुभ अवसरमा सबैको जीवनमा सुख, स्वास्थ्य र सफलताको कामना गर्दै माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय