उर्लाबारी । उर्लाबारी खानेपानी तथा सरसफाई संस्थाको नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदवार महेन्द्र कार्कीले ‘सस्तो जडान, कम शुल्क — सबैको पहुँचमा पानी’ भन्ने मूल उपभोक्तामैत्री, पारदर्शी र दिगो खानेपानी व्यवस्थापनमा उहाँको जोड छ ।
कार्कीले सबैभन्दा पहिलो प्राथमिकतामा सस्तो र सहज धारा जडानलाई राख्नुभएको छ । उहाँका अनुसार धारा जडान शुल्क न्यूनतम बनाइने, नयाँ जडान ७ दिनभित्र सम्पन्न गरिने र गरिब तथा विपन्न परिवारलाई विशेष छुटको व्यवस्था गरिनेछ । मासिक महसुल घटाउनेतर्फ अनावश्यक खर्च कटौती गरी शुल्क कम गरिने, न्यून आय भएका परिवारका लागि सहुलियत दर लागू गरिने तथा समयमै बिल भुक्तानी गर्ने उपभोक्तालाई प्रोत्साहन गर्ने योजना पनि उहाँले ल्याउनुभएको छ । २४ घण्टा स्वच्छ र भरपर्दो पानी आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै कार्कीले नियमित पानी गुणस्तर परीक्षण तथा आपतकालीन अवस्थामा वैकल्पिक आपूर्ति व्यवस्था गर्ने उहाँले बताउनुभएको छ । संस्थागत सुधारतर्फ आम्दानी–खर्च नियमित रूपमा सार्वजनिक गर्ने, निर्णय प्रक्रियामा उपभोक्ताको सहभागिता सुनिश्चित गर्ने तथा भ्रष्टाचार र अनियमितता अन्त्य गर्ने योजना अघि सारिएको छ ।
चुहावट नियन्त्रणका लागि पाइपलाइन मर्मत तथा विस्तार, पुराना संरचनाको आधुनिकीकरण र विशेष अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ । डिजिटल सेवातर्फ अनलाइन बिल भुक्तानी, मोबाइलमार्फत गुनासो दर्ता तथा सूचना प्रणाली विस्तार गर्ने योजना पनि समेटिएको छ । सेवा सुधारका लागि २४ घण्टा गुनासो समाधान सेवा, सेवा केन्द्र विस्तार तथा कर्मचारीलाई थप जिम्मेवार बनाउने रणनीति अघि सारिएको छ । साथै सरसफाइ र स्वास्थ्य क्षेत्रमा स्वच्छता अभियान, पानीजन्य रोग न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
दीर्घकालीन योजनाअन्तर्गत नयाँ पानी स्रोतको खोजी, भण्डारण ट्यांकी विस्तार तथा दिगो पूर्वाधार विकासमा जोड दिइएको छ । ‘सेवा पहिलो, राजनीति पछि’ भन्ने मूल मन्त्रसहित सबै उपभोक्तालाई समान व्यवहार गर्ने प्रतिबद्धता कार्कीले व्यक्त गर्नुभएको छ । यसैबीच, कुनै पनि सेवाग्राही नछुट्ने गरी मतदाता विवरण व्यवस्थापन तथा आवश्यक प्राविधिक तयारी पूरा गर्ने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ । उम्मेदवार कार्कीले ‘महँगो होइन, सहज सेवा’ र ‘पानी सेवा सबैका लागि’ भन्ने प्रतिबद्धतासहित आफूलाई मतदान गर्न उपभोक्तासँग अपिल गर्नुभएको छ ।
























