उर्लाबारी । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बाइसिएल नेपाल उर्लाबारीले उर्लाबारी, आइतबारे र मंगलबारेमा सचेतनामूलक कार्यक्रम गरेको छ ।
भिडभाडमा अनिवार्य माक्सको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक कार्यक्रमको साथै माक्ससमेत वितरण गरिएको उर्लाबारी नगर अध्यक्ष देबेन्द्र खड्काले जानकारी दिनुभयो । कोरोनाबाट आफु नि बचौं, अरुलाई नि बचाऔं भन्ने मूल नाराका साथ माक्स वितरण गरिरहेको उहाँको भनाई छ । कार्यक्रममा बाइसिएलका केन्द्रीय निर्वाचन कार्यालयका सदस्य दिपक आले मगर, प्रदेश सदस्य राजिब लिम्बू, खगेन्द्र पराजुली, मिलन दाहाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय