काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । आज राती राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई वैशाख ३० गतेभित्र दाबी पेश गर्न राष्ट्रपतिद्वारा आहृवान गरेको उल्लेख गरेका छन् ।

राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएर प्रधानमन्त्री पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय