उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोले नेपाल तरुण दल उर्लाबारीको आधिकारिक नगर सभापति कार्की भएको बताउनुभएको छ ।
उर्लाबारी–४ का नेपाल तरुण दल उर्लाबारीका पूर्वसभापति नारायण सिटौलाले आफु आधिकारिक सभापतिको दाबी गर्दै पत्रकार सम्मेलन गरेपछि क्षेत्रीय सभापति फागोले कसैलाई भ्रममा नपर्न र आधिकारिक नगरसभापति कार्की भएको बताउनुभएको हो । २०७५ माघ १६ गते पुर्नगठन गरी कार्कीको सभापतित्वमा तरुण दल उर्लाबारी गठन भएको थियो । कार्यब्यस्तताको कारण देखाउँदै तत्कालिन सभापति सिटौला जिम्मेवारीबाट अलग भएका थिए । त्यसपछि निरन्तर रुपमा कार्कीले तरुण दल उर्लाबारीको नेतृत्व सम्हाल्दै आउनु भएको छ । कांग्रेसको अधिवेशन नजिकिदै जाँदा अवसरबादीहरु सक्रिय भएको बताउँदै भ्रम सिर्जना गर्ने कार्य नगर्न फागोले निर्देशनसमेत दिनुभयो । जनतालाई केन्द्रमा राजनीति गर्नु पर्नेमा जोड दिँदै फागोले उर्लाबारीबाटै पार्टी सुद्धिकरण अभियान सुरु हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय