
उर्लाबारी । मोरङमने उर्लाबारीमा जारी प्रादेशिक औद्योगिक ब्यापार कृषि तथा पर्यटन महोत्सवमा गायिका एलिना चौहान र गायक मिस्टर डि ले भरपुर मनोरञ्जन दिएका छन् ।
आफ्ना चर्चित गीत प्रस्तुत गरेर उनीहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिएका हुन् । उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा माघ २१ बाट सुरु भएको उक्त महोत्सव २९ गतेसम्म सञ्चालन हुनेछ ।