झापाको कमल गाउँपालिकाले निर्वाचित जनप्रतिनिधि, कर्मचारी र सामुदाियक विद्यालयका शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ ।
गाउँपालिकाले विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, निर्वाचित जनप्रतिनिधिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउन भनेको छ ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईका अनुसार विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको बैठकले यो निर्णय गरिएको हो । यसै शैक्षिक सत्रदेखि यो अभियान शुरु गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय