जापान,जापानको कुमामोतोको चट्टानी पहरामा बनेको बुद्धको मूर्तिको जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले अवलोकन  गरेका छन् ।

जनवरी ७ तारिख कुमामोतो प्रिफेक्चरको आमाकुशाको विशाल ढुङ्गामा खोपेर बनाएको बुद्ध मुर्तीको अवलोकन संगै बुद्धको मुर्ती निर्माणमा संलग्न कलाकारहरुको टिम, परिकल्पनाकार तथा लगानीकर्ता, नगरका मेयर लगायतसंग भेटघाट गर्नुभएको थियो ।

कामीआमाकुशाका नगरका मेयर ताकाओमी होरीय, बुद्ध मुर्ती निर्माण प्रतिष्ठानका अध्यक्ष ओसिमा सुजुकीले राजदूत सुवेदीलाई स्वागत गरेका थिए ।

शनिबार कुमामोतो पुगेका राजदूत सुवेदीले कुमामोतोको प्रिफेक्चर स्थित कामीआमाकुशा नगरपालिकाका प्रमुख ताकाओमी होरीय, बुद्ध मूर्ति निर्माण प्रतिष्ठानका अध्यक्ष ओसिमा सिजुकी र राजदूतकी श्रीमती पुनम सुवेदी सहितले अवलोकन गरेका हुन् ।

६० फुटको बुद्ध मूर्ति सहित अन्य मूर्ति बनाउने काममा नेपालका मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको ९ जनाको टिमले उक्त मूर्ति बनाएका थिए ।

राजदूत सुवेदीले जापानको पहरामा बनेको बुद्धको मूर्ती निर्माणले शान्तिको शन्देश संगसंगै नेपाली मूर्तिकलाको गौरबपूर्ण महिमा विश्वभर चिनाउन टेवा पुग्ने बताउँदै बुद्ध जन्मेको देश र बुद्धबारेको जानकारी समेट्न बुद्ध निर्माण प्रतिष्ठानलाई सुझाब दिनुभयो ।

ठूला र साना गरी ७ वटा मूर्ति बनिसकेको साढे २ वर्ष पछि ति बुद्ध मूर्तिको औपचारिक उद्घाटन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय