उर्लाबारी, उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले स्थानीय सिटी सफारी चालकहरुसंग अन्तरक्रिया गर्नुभएको छ । नगरको आगामी बजेटमा सफारी चालकहरुका राय सुझाव समेटने हेतुले मेयर खरेलले छलफल गरेका छन् ।
विहीबार नगरपालिकाको सभाहलमा सफारी चालकहरुका समस्या सुन्दै मेयर खरेलले
आत्मसम्मान सहितको पेसा अवलम्बन गर्न सफारी चालकहरुलाई आग्रह गरे । सफारी चालकहरुका समस्यालाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको मेयरको कथन थियो । उर्लाबारी सिटी सफारी उत्थान मञ्चमा आबद्ध झण्डै दुई दर्जनको संख्यामा सहभागी भएका सिटी सफारी चालकहरुले आफूहरुको समस्यामा स्थानीय सरकारले ध्यानाकर्षण जनाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
उर्लाबारीमा दुई सय ६६ जना संगठित सफारी चालक रहेको उल्लेख गदै मञ्चका पुर्व अध्यक्ष यज्ञ सुवेदीले भन्नुभयो – असरल्ल रहेका डेढ सय बढी चालकलाई संगठित गरेर हक अधिकार सुनिश्चित गराउन लागि परेका छौ । उर्लाबारी सिटी सफारी उत्थान मञ्चले राजनीतिक आस्थालाई टाढै राखेर अघि बढ्ने जमर्को गरेको सुवेदीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय