उर्लाबारी । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १५ औं वार्षिक साधारणसभा अन्तरगत सोमबार मोरङको उर्लाबारीमा इकाइगत साधारणसभा सम्पन्न गरेको छ ।
कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । अध्यक्ष बरालले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले सहकारी क्षेत्रमा देखिएका र सामाना गरिरहेको अनेक चुनौतिहरुका बाबजुत संस्थाले आव २०८०÷०८१ मा ७३ करोड १० लाख रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्न सफल भएको जानकारी दिनुभयो । हाल संस्थामा चुक्ता शेयर पुँजी ११ करोड ११ लाख ९८ हजार १ सय रुपैयाँ , कोष हिसाब १३ करोड ९५ लाख ६२ हजार ४ सय २५ रुपैयाँ कुल बचत हिसाब ७३ करोड १० लाख ५५ हजार १ सय ४० रुपैयाँ, कुल ऋण लगानी ९९ करोड ५२ लाख ६६ हजार ३ सय १० रुपैयाँ, खुद बचत १ करोड ६७ लाख १७ हजार ३ सय ६९ रुपैयाँ र कुल कारोबार १ अर्ब १६ करोड १६ लाख ९८ हजार ८ सय ४२ रुपैयाँ पुगेको अध्यक्ष बरालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।संस्थाले दमकमा रहेको मुख्य कार्यालय, सुरुङ्गा, झिलझिले, उर्लाबारी, गौरादह र कमल गाउँपालिकामा ५ वटा सेवा केन्द्रहरु सञ्चालन गरेको छ । संस्थाले आ.व. २०८०÷०८१ मा कारोबार गर्ने सदस्यहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार गर्ने घोषणा गरेको छ । प्रमुख अतिथि प्रदेशसभा सदस्य गौतमले सहकारीमा बचत गर्ने बानी बसाल्दा ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई उद्यमी बन्न प्रेरित गरेको बताउनुभयो । उहाँले साधारणसभामा शेयर सदस्यहरुले हाजिरी मात्र गरेर हिँड्ने प्रचलन बढेको बताउनुभयो । उहाँले यस्तो प्रचलनले संस्था कसरी चल्दैछ, आफूले बचत गरेको रकमको अवस्था के छ, भन्ने कुरा सबै जानकारी नहुने भन्दै सबैलाई बन्दसत्रमा बसेर आफ्ना कुरा राख्न आग्रह गर्नुभयो । कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानकुमार श्रेष्ठ (ज्ञानु), सहकारी सञ्चाल उर्लाबारीकी अध्यक्ष सीता कार्कीलगायतले बोल्नुभएको थियो । संस्थामा ९ हजार ६ सय २१ जना शेयर सदस्य रहेका छन् भने उर्लाबारीमा मात्रै १ हजार २ सय जना शेयर सदस्य रहेका छन् । उर्लाबारी सेवा केन्द्रका संयोजक अशोक सुवेदीले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन व्यवस्थापक कमल कुमार घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय