पूर्वी रुकुम देशान्तरः ८२ डि. ३५ मि. देखि ८३ डि. १० मि. पूर्वी देशान्तरसम्म र अक्षांसः २८ डि. २८ मि. देखि २९ डि. ०० मि. उत्तरी अक्षांससम्म, साथै समुन्द्र सतहदेखि उचाईः ७२४६ मि. सम्म फैलिएको छ । जिल्लाको क्षेत्रफलः १६६३ वर्ग कि.मि. रहेको छ । हावापानीः समशितोष्ण/शितोष्ण पाइन्छ भने औषत वार्षिक वर्षाः १८०० मि.मि.देखि २६०० मि.मि.सम्म र तापक्रमः ०.२ देखी ३४ सेल्सियस सम्म रहेको छ ।

चारैतिरको सिमानामा पूर्वः बाग्लुङ र म्याग्दी, पश्चिमः रुकुम(पश्चिम), उत्तरः डोल्पा, दक्षिणः रोल्पा रहेका छन् ।  पर्यटकीय दृष्टिकोण सहित प्राकृतिक र सांस्कृतिक शहर निर्माणको लागि गुरु योजना निर्माण गर्नु पर्दछ ।

यस जिल्लाका प्रमुख नदी र खोलाहरु सानीभेरी, लुकुम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदि हुन् भने धार्मिक स्थलहरु वराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट, विन्द्यावासीनी मन्दिर रुकुमकोट, मस्तथान मैकोट आदि हुन् ।

यसैगरी पर्यटकीय स्थलहरुमा पुथा हिमाल, सिस्ने हिमाल, कमल ताल, पुपाल दह, सुन दह, गुप्ता दह, सम्पे ताल, देऊराली गुफा, तकसेरा गाँउ, लुकुम गाँउ, राङ्सी गाँउ, कोल गाँउ, हुकाम गाँउ, मैकोट गाँउ, काँडा गाँउ, महत गाँउ, सिमा गाँउका मगर वस्तीहरु, रुकुमकोट वस्ती, ढोरपाटन वन्यजन्तु आरक्ष आदि रहेका छन् ।

तरकारी तथा फलफुलहरुमा मुला, आलु, पिडालु, प्याज, रायो, लसुन, बेसार, अदुवा, टमाटर, फर्सी, गोलभेडा, रामतोरिया, करेला, भेण्टा, खुर्सानी, केराउ, गाजर, काउली, बन्दा, सिमी, काँक्रा, स्कुस, बरेला, बोडी, केरा, अम्वा, सुन्तला, कागती, मौसम, स्याँउ, नास्पति, आलु, आरुबखडा, ओखर आदि पाइन्छ भने वन्यजन्तु तथा चराचुरुङ्गीहरुमा कस्तुरी, मृग, नाउर, रातो, बांदर, ढेडुं, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दुम्सी, लोर्खके, गोहोरो, डाँफे, मुनाल, च्याकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि रहेका छन् । यस्ता महत्वपूर्ण प्राकृतिक सम्पदाको उत्पादन तथा व्यवस्थापन गर्न पनि बजार केन्द्रमा हुनु आवस्यक छ । वनस्पति, जीवजन्तु, चराचुरुंगी तथा जडिबुटीको खानी पुर्बी रुकुम सांचै एक उत्कृष्ट पर्यटकीय सम्भावना बोकेको जिल्ला हो ।

यसैगरि जडीबुटीहरुमा यार्सागुम्वा, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईतो, जटामसि, भलायो आदि रहेका छन् भने अन्नबालीहरुमा धान, गहुँ, मकै, कोदो, जौ, उवा, फापर आदि रहेका छन् । यस्तै खनिज पदार्थहरुमा, तामा, सिसा, कोईला, फलाम, चक, शिलाजित, गन्धक आदि रहेका छन् भन्नेकुरा स्थानीय प्रशासन कार्यालय पुर्बी रुकुमको वेव साइटमा राखिएको छ ।

अब पर्यटकीय दृष्टिकोणले पर्यटन विकास गुरु योजना निर्माण गर्नु पर्दछ ।

पञ्याती युगमा २०१८ साल वैशाख १ गते सल्यान र जाजरकोटबाट छुट्टै जिल्लाका रूपमा कायम भएको रुकुमको पहिलो सदरमुकाम रुकुमको पूर्वी क्षेत्रको रुकुमकोटले २०३० सालमा आफ्नो अस्तित्व गुमाएको थियो । पहिलेको सर्पकोट बराहक्षेत्रबाट, राजपरिवारको नामसँग जोडिएको शोभा हुँदै रुकुमकोट नामाकरण भएको रुकुमकोटबाट २०३० साल वैशाख २ गते तत्कालीन पञ्चायती व्यवस्थामा रुकुमको सदरमुकाम  मुसीकोट सारिएको थियो।  सानी भेरी बगिरहेकी, अग्ला डाँडाले घेरिएका सानो समथल भूभाग र मध्य लोकमार्ग बीचबाटै क्रस हुन्छ । रुकुमकोटमा पूर्व राजा वीरेन्द्रकी बहिनी शोभा शाहीको विवाह भएकाले कुनै बेला यसलाई शोभा गाविस पनि भनिन्थ्यो ।

 

  

लिलाराज खतिवडाबाट तस्बीरहरु । उहाँ यतिबेला पूर्वी रुकुममा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय