काठमाडौं- ललितपुरको पाटन अस्पतालमा आज एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दोलखाकी ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

दोलखाकी कोरोना संक्रमित महिला भदौ २ गते अस्पताल भर्ना भएकी थिइन् भने सर्लाहीका पुरुष साउन ३१ गते भर्ना भएका थिए । दुबैको आइसियूमा उपचार हुँदै आएको थियो ।

यो सँगै पछिल्लो १२ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । यसअघि सोमबार राति मोरङको विराटनगर, पर्साको वीरगन्ज, चितवनको भरतपुर, रुपन्देहीको बुटवलमा एक एक जनाको मृत्यु भएको थियो ।

थप ६ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ३२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय