
उर्लाबारी । पति पत्नीले बिरामीले थलिएपछि मोरङको उर्लाबारी–१ मा लिम्बू परिवारको विजोग भएको छ ।
दुई जना मात्र आफ्न्तको जग्गामा बस्दै आएका ७२ बर्षीय राजन लिम्बू र ६२ बर्षीया कविता लिम्बू बिरामी परेर थला परेपछि विजोग भएको हो । राजन ७ बर्षदेखि ओछ्यान परेका छन् । न त हिँड्न सक्छन्, नत बोल्न । राजनकी पत्नीले उनको हेरचार गर्दै आएको भएपनि अहिले उनी आफै थला परेकी छिन् । प्रेसरका कारण टाउकोमा ब्लट जमेको छ भने दैनिक स्थानीयको सहयोगमा थेरापी धाइरहेकी छिन् । थेरापीको रकम पनि तिर्न सक्ने उनसँग पैसा छैन । उनको पतिको त आर्थिक अभावकै कारण उपचार हुन सकेन । दुखदायी जीवन विताइरहेका यी लिम्बू दम्पतिलाई स्थानीयले सहयोग गरेकै कारण हालसम्म जसोतसो चलिरहेका छन् । राजनको बृद्धा भत्ता आउँछ । त्यही नै उनीहरुको आय स्रोत हो । त्यसबाहेक केही आय स्रोत छैन । यी दम्पतिका लागि सबैको साथ सहयोगको खाँचो रहेको छ ।