बुटवल । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राति ११ बजेको समयमा मृत्यु भएको हो । उनलाई दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

योसँगै कोरोना संक्रमणबाट रुपन्देहीमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय