उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारी नगरपालिका क्षेत्रभित्रका जनतालाई भोकै बस्ने अवस्था सिर्जना हुन नदिने बताउनुभएको छ ।
युवा जागरण नेपाल उर्लाबारीको चौथो बार्षिक साधारणसभामा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले सरकारको नीति विपरित सञ्चालन भएका फुड बैंक रोक्ने नगरपालिकाको निर्णय बमोजिम भएको उल्लेख गर्दै कसैलाई कानून विपरीत जाने छुट नभएको बताउनुभयो ।

जनतालाई नगरपालिकाले भोक भोकै रहने अवस्था सिर्जना हुन दिँदैन उहाँले भन्नुभयो ‘फुड बैंकको हिसाब सार्वजनिक गर्नु भन्दा पनि उल्टै सरकारविरुद्ध लाग्ने काम भइरहेको छ, त्यस्ता गतिबिधि गर्ने कसैलाई छुट छैन ।’ त्यस्तै, त्रिकाल फाउण्डेशनको नाममा आफुलाई बदनाम गराउन खोजेको भन्दै आक्रोश पोख्नुभयो । उपेन्द्र थापा स्मृति गोल्डकपलगायतका नाममा भ्रम सिर्जना गर्ने काम भएको उल्लेख गर्दै कोही संयोजक बन्ने हिम्मत नगरेको अवस्थामा आफूले जिम्मेवारी लिएर सफलतापूर्वक गोल्डकप सम्पन्न गरी पैसासमेत बचत गराएको उहाँको भनाई छ । पत्रकार सम्मेलन गरी हिसाव सार्वजनिक गरी बाँकी रहेको रकम प्रितम खड्गीको पसलमा ब्याजमा राखिएको र कसैले भ्रम छर्दैमा झुट सत्य नहुने उहाँको भनाई छ । उर्लाबारी नगरपालिकामा हुने गलत खालका काम रोकेको कारण आफूलाई बद्नाममा गर्न खोज्नेहरु आफै सकिएर जाने उहाँको भनाई छ । उर्लाबारी नगरपालिकाको नाममा देखिएको बेरुजु भष्ट्रचार नभएको पनि उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय