बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ ।

मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ । विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन् । कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन् । प्रदेश सभामा नेकपाका ६१ सांसद छन् ।

प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए । यसैबीच प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव पनि प्रदेशसभाको दुई तिहाई मतले पारित भएको छ ।

उक्त प्रस्तावको पक्ष तथा विपक्षमा खसेको ८३ मतमध्ये लुम्बिनीको पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको प्रदेशसभाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय