दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । पूर्वी मोरङकै पूरानो क्याम्पस उर्लाबारी बहुमुखी क्याम्पसको प्रमुखमा ख्यामराज कार्की चयन हुनु भएको छ । क्याम्पस व्यवस्थापन समितिको बैठकले सर्वसम्मत रुपमा सहायक क्याम्पस प्रमुख कार्कीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो ।
२०५९ सालमा प्राध्यापकको रुपमा क्याम्पससँग जोडिनु भएको उहाँ २०७० सालमा पहिलो पल्ट सहायक क्याम्पस प्रमुख हुनु भएको थियो । २०७० सालदेखि यता तीन कार्यकाल सहायक प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएका कार्की लामो समयदेखि विभिन्न संघर्षका अनुभव समेट्दै क्याम्पस प्रमुखसम्मको यात्रा तय गर्न सफल हुनु भएको छ । पब्लिक क्याम्पस संघ मोरङ जिल्लाको उपाध्यक्ष समेत हुनु भएको उहाँले उर्लाबारी बहुमुखी क्याम्पसबाट शिक्षकहरुको प्रतिनिधि गर्दै एक कार्यकाल सञ्चालक समितिको सदस्य भएर काम गरेको अनुभव समेत रहेको जानकारी दिनु भएको छ ।
नवनिर्वाचित क्याम्पस प्रमुख कार्कीले समग्र क्याम्पसको भौतिक विकासदेखि शैक्षिक गुणस्तरको सुधार, विद्यार्थीका तमाम समस्याहरुलाई नयाँ ढंगले सावधान गरी क्याम्पसलाई हरेक क्षेत्रमा सक्षम बनाउन सशक्त रुपमा आफू सक्रिय रहेर आफुले पाएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय