मोरङको उर्लाबारी मा प्रहरीले यौनजन्य अवैध गतिविधिविरुद्ध कडाइ गर्दै होटलमा छापा मारेको छ।

होटल सगरमाथा एण्ड लज मा मंगलबार दिउँसो करिब ४ बजेतिर छापा मार्दा ४ जना महिला र ४ जना पुरुष गरी ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीकी प्रमुख नविन ओली को कमाण्डमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा उक्त होटलमा छापा मारेको हो। प्रहरीका अनुसार होटलमा खुलेआम यौनजन्य गतिविधि सञ्चालन भइरहेको आशंकामा कारबाही गरिएको हो।

नियन्त्रणमा लिइएका सबै व्यक्तिहरू २० वर्षभन्दा माथिका रहेका छन्। स्थानीयका अनुसार उक्त होटलमा विगतदेखि नै “सेटिङ” मिलाएर यौनधन्दा सञ्चालन हुँदै आएको चर्चा रहँदै आएको थियो, जसका कारण यसलाई व्यंग्य गर्दै “चर्चित होटल” भन्ने गरिन्थ्यो।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ। साथै, अवैध यौनधन्दा लगायत कानुनले निषेध गरेका गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अनुसार कारबाहीलाई निरन्तरता दिइने बताइएको छ।

उक्त होटलका सञ्चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक ओलीले जानकारी दिएकी छन्।

पछिल्लो समय निरीक्षक ओलीले कमाण्ड सम्हालेपछि उर्लाबारी मा सुरक्षा व्यवस्था कडा बनाइएको र अवैध गतिविधिमाथि निगरानी समेत बढाइएको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय