
काठमाडौँ। नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।
यससँगै मृतकको संख्या ६ सय ७५ पुगेको छ ।
वुधबार देशभर थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।