उर्लाबारी । भदौं २७ गते बुधबार उर्लाबारी नगरपालिकाले ३ वटा टोली बनाएर बजार अनुगमनमा निस्कियो । नगर प्रमुख गंगाप्रसाद खरेलको नेतृत्वमा किराना र फलफुल पसल, उपप्रमुख मिना खतिवडा पौडेलको नेतृत्वमा होटल, स्विट, बेकरी, कृषि भण्डार, मासु पसल तथा प्रमुख प्रशासकिय अधिकृतअर्जुन निरौलाको नेतृत्वमा औषधी पसललगायतको अनुगमनमा निस्किएको थियो । अनुगमनका क्रममा मूल्यसूची नभएकोदेखि पेय पदार्थ अत्याधिक म्याद सकिएको फेला पारेको थियो भने होटलको किनदेखि त्यहाँ प्रयोग हुने कतिपय अखाद्य बस्तु पनि भेटिए । आयुर्वेदिक पसलले एलोपेथिक औषधि विक्री गरेकोसमेत पाइयो ।
अनुगमनका क्रममा पेय पदार्थहरुको म्याद गुज्रेको, पाउरोटी, विस्कुट, लगायतका सामग्रीहरु बरामद गरिएको थियो । तर, कसैलाई कार्वाहीको डन्डा चलेन । प्रत्येक बर्ष चाडपर्वमा अनुगमनको कर्मकाण्डी हुने गरेको छ । अन्य बेला स्थानीय तहले बजार अनुगमन गर्न चासो दिएको छैन । पछिल्लो समयमा आमउपभोक्ताले बजारमा अत्यधिक महँगी बढेको अनुभूति गरिरहेकका छन् । बुधबार अनुगमन गरेको नगरपालिकाले यसपछि यसलाई निरन्तरता दिइएको छैन ।
केही ‘शुभ–लाभ’को लोभमा चाडबाडको बेला सक्रिय हुने बजार अनुगमन अन्य समयमा त्यति नहुनु, भएको अनुगमन प्रक्रिया पनि कर्मकाण्डी मात्रै हुनु र तोकिएको मापदण्ड पूरा नगर्ने, गुणस्तरहीन वस्तु बेच्ने, बढी मूल्य लिएर उपभोक्ता ठग्नेहरूमाथि कडा कारबाही हुनसक्नुजस्ता कारणले जम्माखोरी र कालोबजारी बढेको हो । अधिकार सम्पन्न उपभोक्ता अदालत बन्न नसक्नु पनि अर्को ठूलो समस्या हो, जहाँ उपभोक्ताले कालोबजारी गर्ने, ठगी गर्नेलगायत उपभोक्ता हितविरुद्धका गतिविधिमा उजुरी गर्नसक्थे । नयाँ मुलुकी ऐनले समेत उपभोक्ता हितविरुद्धका क्रियाकलापलाई अपराधमा वर्गीकरण गरेर कडा दण्ड सजायको व्यवस्था गरिसकेको अहिलेको परिवेशमा बजार अनुगमन र निरीक्षणका गतिविधिलाई केवल शुभलाभको हिसाबले नहेरी साँच्चिकै प्रभावकारी तुल्याउनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय