
विराटनगर, झापा र मोरङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार १७ गते झापाको भद्रपुर नगरपालिका- ५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बुद्दशान्ति गाउँपालिका- ४ का २९ बर्षीय दिपक सम्बाहाम्फे, कमल गाउँपालिका- ५ का २० बर्षीय पिजल धिमाल र कमल गाउँपालिका- २ का ३२ बर्षीय केशब राईलाई ६ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड नगरपालिका- ६ का ३७ बर्षीय हमद मुस्लिम र २२ बर्षीय सद्दाम सेखलाई पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका- ४ का २० बर्षीय मनिष तामाङलाई प्रतिबन्धित औषधी ३२० चक्कि सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।