काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली करिब ७ महिनापछि उपत्यका बाहिर गएका छन् ।

केही आयोजनाको निरीक्षण तथा अनुगमनका लागि प्रधानमन्त्री ओली पूर्वी पहाडी जिल्ला संखुवासभा गएका छन् ।

गत फागुनमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि उपत्यका बाहिर नगएका ओली संखुवासभा पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले संखुवासभामा साढे ५ घण्टा बिताउने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले जनाएका छन् ।

प्रधानमन्त्री ओली सडक र जलविद्युत आयोजनाको निरीक्षण अनुगमनसहित ३ वटा कार्यक्रममा सहभागी बन्नेछन् । त्यस्तै, स्थानीय जनप्रतिनिधिसँग पनि प्रधानमन्त्री ओलीले छलफल गर्नेछन् ।

‘प्रधानमन्त्री ओलीले मुख्य तीनवटा कार्यक्रमको अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम तय भएको छ’ प्रमुख जिल्ला अधिकारी आचार्यले जनाए ।

प्रधानमन्त्री ओली कार्यक्रम सकेर नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत बुधबारै साढे ३ बजे काठमाडौँ फर्कने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको टोलीमा भौतिक पूर्वाधार मन्त्री बषन्त नेम्वाङ, राष्ट्रिय सभा बिधायन समितीका पर्शुराम नेगी, सासंद राजेन्द्रप्रसाद गौतम, प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक दिब्यासिंह शाह तथा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय