उर्लाबारी । पाँचौ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज उर्लाबारी नगरपालिका वडा नं. ३ र ६ बीच प्रतिष्पर्धा हुँदैछ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार दिउँसो २ बजेबाट खेल सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने लक्ष्यमा वडा नं. ३ रहेको छ भने वडा नं. ६ तेस्रो पटक उपाधि जित्न चाहन्छ । जिल्ला फुटबल संघ मोरङको प्राबिधिक सहयोग तथा उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा भएको सो प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।























