उर्लाबारी । मोरङको उर्लाबारीकी सञ्चारकर्मी सम्झना राईले आफुले गलत काम नगरेको प्रष्ट पार्नुभएको छ ।
विभिन्न सञ्चारमाध्यममा लट्टे झाँक्री र सञ्चारकर्मी राईले १ लाख ३५ हजार रुपैयाँ रकम लिएको आरोप लगाउँदै समाचार आएपछि आफुले कुनै गल्ती नगरेको उहाँले प्रष्ट पार्नुभएको हो । सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आफुहरुले पैसा नमागेर र कसैले स्वइच्छाले दिएर अतिरञ्जित गर्न खोजेको उहाँको भनाई छ । ‘मैले पैसा मागेको प्रमाण दिनुहोस्’ उहाँले भन्नुभयो–‘मनोमानी तरिकाले कसैप्रति प्रहार गर्न मिल्दैन, चरित्र हत्या गर्ने काम भयो ।’
एक जना आमाले छोरा बिरामी हुँदा स्वइच्छाले पुजा गरे वापत सो रकम दिएको बताइएको छ । राईले सार्वजनिक गरेको भिडियोमा ती आफुले स्वइच्छाले दिएको प्रष्ट पार्नुभएको छ ।























