दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारीमा बलात्कार गरेको आरोपमा पक्राउ परेका उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङ पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
गुरुङलाई मोरङ जिल्ला कारागारमा पुर्पक्षका लागि चलान गरिएको हो ।

६ फागुन विहान उर्लाबारीमा डेरामा बस्ने १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । गुरुङ उर्लाबारी–३ मा रहेको प्रार्थना रि–ट्रीट नामक रिसोर्टका सञ्चालक हुन् । किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा गुरुङलाई पक्राउ गरी अनुसन्धान पश्चात पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाइएको छ । किशोरीलाई गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर उर्लाबारी–४ स्थित कात्यानी हेरिटेज होटलमा लगी कोठा बुक गरेर राखेपछि बलात्कार गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय