उर्लाबारी । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती (सुशिल) परिवर्तनका निम्ति जीवन आहुती गर्ने सहिदहरूलाई सबैले सम्मान गर्नु पर्ने बताउनुभएको छ ।
बिहीबार रतुवामाई नगरपालिका वडा नं. ५ मुखिया टोलमा निर्माण हुन गईरहेको रामचन्द्र सोरेन (अर्जुन) स्मृति प्रतिष्ठानको भवन शिल्यान्यास गर्दै मन्त्री उप्रेतीले सो कुरा बताउनुभएको हो । नेपालको परिवर्तनको आन्दोलनमा सहिदहरुले पु¥याएको योगदान अविस्मरणीय रहेको वताउँदै सहिदहरूप्रति उचित सम्मान हुन आवश्यक रहेको उहाँको भनाई छ । सहिदहरू राष्ट्रका अमूल्य निधि भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले प्रदेश सरकारले भौतिक विकाससँगै मानविय विकासमा पनि जोड दिइरहेको बताउनुभयो । १० बर्षमुनीका बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने ब्यवस्था प्रदेश सरकारले मिलाएको बताउँदै उहाँले प्राविधिक शिक्षा पढ्न चाहनेहरुलाई छात्रबृति वितरण जस्ता कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश र संघीय सरकारबाट ८४ वटा योजना परेको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकार लागि पर्नु पर्नेमा उहाँले जोड दिनुभयो । योजनाको अनुगमन प्रभावकारी ढंगबाट हुनु पर्नेमा जोड दिँदै राज्यको लगानी कतै खेर जान नदिने गरी काम गर्नु पर्ने उहाँको भनाई छ । कार्यक्रममा रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वरप्रसाद सिंहलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय