सम्झना राई
धरान । सुनसरीको धरान उपमहानगरपालिका–१६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलन गरी हत्याको आरोपमा पक्राउ परेका धनकुटा नगरपालिका–९ मूलघाटका १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय धरानमा आयोजित पत्रकार सम्मेलनमा बाबुरामले सुमना हत्या स्वीकारेको जानकारी प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभएको छ । बाबुरामले प्रेममा खटपट आएकै कारण सुमनाको ज्यान लिन पुगेको बयान दिएको प्रहरी नायब उपरीक्षक भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार सुमना र धरान उपमहानगरपालिका वडा नं. १६ बस्दै आएका १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलबीच करिब २ वर्ष अघिदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध सुरु भएको थियो । उनीहरू प्रेम सम्बन्धमा रहेकै बेलामा गत पुसदेखि सुमनाले धरानस्थित ग्लोब्लोरिन्समा काम गर्न थालेपछि त्यहीँ काम गर्ने प्रदीप श्रेष्ठसँग उनको चिनजान भएको खुलेको छ । सुमना र प्रदीप एकआपसमा नजिक हुन थालेपछि फेसबुक आइडीसमेत एउटै चलाउने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय