उर्लाबारी । नेकपा एकीकृत समाजवादी उर्लाबारी नगर कमिटीले उर्लाबारी नगरपालिकाको बेतिथिका बारेमा ध्यानाकर्षण गराएको छ ।
उर्लाबारी नगरपालिकालाई सामाजिक न्याय र सुशासन, पूर्वाधार विकास निर्माण, स्वास्थ्य, शिक्षा, तालिमलगायतका बारेमा ६१ बुँद्धाको ध्यानाकर्षण गराएको हो । उर्लाबारी नगरपालिका क्षेत्रमा बेतिथिको चाङ रहेकाले त्यसलाई गम्भिरतापूर्वक नलिए आन्दोलनमा उत्रिने नगर अध्यक्ष ढकबहादुर थापा (डिबी) ले चेतावनी दिनुभयो ।
पार्टीकी केन्द्रीय सदस्य एबं कोशी प्रदेश सदस्य विद्या चाम्लिङले जनताको समस्या समाधान गर्नका लागि स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो । बेतिथिका बारेमा भण्डाफोर गर्न जरुरी रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय