उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न प्रथम उर्लाबारी अन्तर कलेज रनिङ फुटबल प्रतियोगिताको उपाधि सुनपकुवा माध्यमिक विद्यालयले जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा उर्लाबारी–७ को पशुपति आमाबिलाई ३–० गोल अन्तरले पराजित गर्दै उर्लाबारी–२ को सुनपकुवाले उपाधि जितेको हो । पहिलो हाफमै अग्रता लिएको सुपकुवाले दोस्रो हाफमा दुई गोल थप्दै सहज जित निकालेको थियो । उर्लाबारी फुटबल क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा उर्लाबारीभरीका ९ वटा विद्यालयहरुको सहभागीता रहेको थियो । उपाधिसँगै सुनपकुवाले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो भने उपविजेता पशुपति आमाबिले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विजेतालाई राधिका माबिका प्रधानाध्यापक कुमार पोखरेल र उपविजेतालाई भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा भलिबल संघका कोशी प्रदेश उपाध्यक्ष बीरबल थापाले वितरण गर्नुभएको थियो । प्रतियोगितामा बेष्ट डिफेन्स पशुपतिमा तुनम आचार्य, बेष्ट गोलकिपर सुनपकुवाका सागर श्रेष्ठ, बेष्ट फरवर्ड सुनपकुवाकै लासङ्ग तामाङ, बेष्ट मिडफिल्डर पनि सुनपकुवाकै किशोर राई भए । त्यस्तै, म्यान अफ दी म्याच पशुपतिका रामकुमार लिम्बू भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुनपकुवाका तेन्जिङ तामाङ भए । उनीहरुले नगदसहित ट्रफी पाए । क्लबका अध्यक्ष दिपेन्द्र धिमालको सभापतित्व एबं राधिका माध्यमिक विद्यालय उर्लाबारी–६ का प्रधानाध्यापक कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम सञ्चालन सचिब घनश्याम भण्डारीले गर्नुभएको थियो ।























