उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ को उपचुनावमा मिलन लिम्बूलाई उम्मेद्वार बनाउने तयारी गरेको छ ।
स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेद्वारी बनाउने तयारी गरेको हो । नेकपा माआवोदीनिकट प्रेस सेन्टर नेपालमा आबद्ध रहेका लिम्बूले पार्टी छोड्दै स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका थिए । उनी धरानका मेयर हर्क साम्पाङको उम्मेद्वार बन्ने चर्चा पनि चलेको थियो ।
लिम्बूले फोन सम्पर्कमा भने राष्ट्रिय स्वतन्त्र पार्टी बन्ने विषयमा छलफल भइरहेको स्वीकार गरे । जनताको चाहना पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बन्न सुझाव रहेको उनले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सुहाङ नेम्बाङलाई उम्मेद्वार बनाउने पहल गरेपनि अस्विकार गरेका थिए । सुहाङलाई एमालेले उम्मेद्वार बनाएको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको रोजाईमा मिलन परेको बुझिएको छ । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुराकानी भइरहेको छ ।
संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि रिक्त सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय