उर्लाबारी । पूर्वपश्चिम एसियन हाइवेको पश्चिम खण्ड मावा खोला–लोकही खण्डमा पर्ने रुख कटानको काम तीब्र गतिमा भइरहेको छ ।
तीब्र रुपमा रुख कटान भइरहँदा आफ्नो स्वार्थका लागि वन अभियान्ताहरु सल्बलाउन थालेका छन् । कटान भइरहेको अवस्थामा दुःख दिने काम भइरहेको पाइएको छ । रुख काट्ने आरा (चेन्सो) र ट्याक्टर नियन्त्रणमा लिने हर्कत गरिरहेका छन् । सामुदायिक वन परियोजना बीस्चको लडाई नभएकाले काम नरोक्न निर्माण कम्पनी सि.आर.एफ.जी टुण्डीका लेखापाल आवाज ढकालले अनुरोध गर्नुभएको छ । सरकार सामुदायिक वन बीचको समस्या भएकाले परियोजनालाई असर पर्ने काम नगर्न र समयमा काम सक्न दिन ढकालले आग्रह गर्नुभएको छ ।























