उर्लाबारीको मंगलबारे–मिक्लाजुङको धानखेती–रमिते हुँदै पाँचथर जोड्ने सडक स्तरोनन्ती र कालोपत्रेका लागि पहल थालिएको छ ।
मोरङको मिकलाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर उक्त पहल थालिएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कार्यालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आवश्यक कार्यार्थका लागि पत्रसमेत पठाइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि अध्यक्ष राईसहित मिक्लाजुङ–१ का वडाध्यक्ष पर्वत राई, ८ का वडाध्यक्ष प्रवेश कुँवर, ९ का वडाध्यक्ष सेमन्तराज दाहाल, नेपाली कांग्रेसका महासमिति सदस्य चिरञ्जीबी थापा, सामाजिक ब्यक्तित्व कमल ढकाललगायत पुगेर उर्लाबारी नगरपालिका वडा नं. ३, २ हुँदै मिक्लाजुङ गाउँपालिका–५, ४, १ बाट पाँचथरको मिक्लाजुङ गाउँपालिका–६, ७ र ८ जोड्ने सडक स्तरोनन्ती र कालोपत्रेका लागि पहल गरिएको छ । ‘प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सकारात्क कुरा आएको छ’ नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य चिरञ्जीबी थापाले टेलिफोनमा भन्नुभयो–‘तराईबाट पहाडीसम्म जोड्ने यो सडक निर्माण अतिआवश्यक छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय