उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा भक्तजनको घुइँचो लागेको छ ।
चैत्र १२ गतेदेखि सुरु भएको महायज्ञमा १६ लाख रुपैयाँ भन्दा बढी संकलन भइसकेको संयोजक सीता कार्कीले जानकारी दिनुभयो । दैनिक भक्तजनको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।
महायज्ञमा प्रमुख वाचक पण्डित संकल्प सुमन खनालले कथा वाचन र उपवाचक पण्डित इन्द्रप्रकाश गौतमबाट पाठपारायणका साथै राष्ट्रिय कलाकार प्रेमसागर निरौलाबाट भजन किर्तन तथा झाँकी प्रदर्शन कार्यक्रम भइरहेको छ । मन्दिरका लागि आवश्यक जग्गा खरिद गर्नका लागि सो महायज्ञको आयोजना गरिएको छ । २०७३ सालमा स्थापना भएको राधाकृष्णा मन्दिर १ कट्ठा जग्गामा रहेको छ । सो मन्दिरलाई बृहत बनाउँदै सामुदायिक भवन निर्माण गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय