विश्व अटिजम जागरुकता दिवसको अवसरमा मोरङको उर्लाबारीमा दिपप्रज्वलन गरिएको छ ।
मंगलबार उर्लाबारी चौकमा आकार फाउण्डेशन र रोटरी क्लब अफ उर्लाबारीको संयुक्त आयोजनामा दिपप्रज्वलन गरिएको हो । फाउण्डेशनकी संस्थापक निर्देशक आशिषा (प्रिशिमा) थापासहितको टिम, रोटरी क्लब अफ उर्लाबारीका संस्थापक अध्यक्ष विष्णु ओलीलगायतको सहभागिता रहेको थियो । अटिजम एक अवस्था भएको र जसले मानिसको व्यवहार र सञ्चारलाई असर गर्छ । अटिजम शब्द पहिलो पटक १९११ मा सुरुवात गरिएको हो । विश्व अटिजम जागरुकता दिवस आधिकारिक रूपमा संयुक्त राष्ट्रसंघबाट सन् २००७ मा पारित भयो । अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवस मनाउन सुरुवात भएको हो । यस वर्षको नारा ‘स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन, प्रतिस्पर्धामा नै उत्रने’ भन्ने रहेको छ ।























