उर्लाबारी, सहोदर भाइकी श्रीमतीलाई करणी गरेको आरोपमा उर्लाबारीमा एक व्यक्ति पक्राउ परेका छन् । उर्लाबारी–४ का ३० वर्षीय पौडेल थरका एक व्यक्तिलाई पीडित महिलाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।

आफ्नै जेठाजुले २५ वर्षीया महिलालाई मुख तथा घाटीमा समाती भाग्न, उम्कन र कराउनसमेत नसक्ने गरि बोकी आफू सुत्ने कोठामा लगी लडाई जबर्जस्ती करणी गरेकोे जाहेरीमा उल्लेख छ । घटना सोमबार राति १२ बजेको हो । घटनाबारे जानकारी भए लगत्तै आरोपी पौडेललाई उनकै घरबाट पक्राउ गरि नियन्त्रणमा लिइएको इप्रका उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपीलाई ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय