उर्लाबारी । पाँचौ राष्ट्रिय योग खेलकुद प्रतियोगितामा नमूना बाल गृहले ४ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ ।
काठमाडौंमा सम्पन्न प्रतियोगितामा उर्लाबारी–७ स्थित नमूना बाल गृहकी स्वच्छा थापा, जय चौधरी, चाँदनी दर्जी र सोमिया कार्कीले स्वर्ण पदक जिते । त्यस्तै, दिक्षा धिमाल र किरण मगरले रजत पदक जितेका छन् भने सुन्दर सार्कीले कास्य पदक जिते ।
विभिन्न ६ उमेर समूहमा भएको उक्त प्रतियोगितामा आफ्नो उमेर समूहमा बाल गृहका बालबालिका अब्बल सावित भएका छन् । ८ जना सहभागीमध्ये ७ जनाले पदक जितेको बाल गृहकी अध्यक्ष मिनादेवी बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय