उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मोरङ निर्वाचन क्षेत्र नं. १ का अध्यक्ष जंगबहादुर कार्कीलाई पितृ शोक परेको छ ।
अध्यक्ष कार्कीका पिता भक्तबहादुर कार्कीको आज बिहान ०३ः४० मिनेटमा निधन भएको हो । ८७ बर्षीय कार्कीको आजै उर्लाबारीस्थित बक्राहा घाटमा अन्तेष्टी गरिएको छ । अन्तेष्टीमा राप्रपाका केन्द्रीय सदस्य होम गौतम, प्रदेश सदस्य पूर्ण वाइबालगायत जिल्ला तथा नगर तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।























