उर्लाबारी । उर्लाबारी नगरपालिकाले ऐलानी जग्गामा घर निर्माण गर्न रोक लगाएपछि नेकपा एकीकृत समाजवादी उर्लाबारी नगर कमिटीले विरोध जनाएको छ ।
आज उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेललाई ज्ञापन पत्र बुझाउँदै उर्लाबारीबासीको अहितमा निर्णय आएको भन्दै विरोध जनाएको हो । आफ्नै पितापुर्खाले फडाँनी गरी लामोसमयदेखि बसोबास गरी भोगचलन गरिआएको, सोही जग्गामा ३ पुस्ता विताइसकेको, फिल्डबुकसमेत भइसकेका तर, विभिन्न कारणले हालसम्म धनीपुर्जा नपाएका ब्यक्तिहरुलाई अन्याय हुने गरी नगरपालिकाबाट निर्णय गरिएकाले विरोध जनाएको नगरअध्यक्ष डिबी थापाले जानकारी दिनुभयो । बर्षायामको पूर्वसन्ध्यामा घर बनाउन रोक लगाउँदा समस्या सिर्जना भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरिएको उहाँले बताउनुभयो । कार्यक्रम पार्टीका नेता मानबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । नगरप्रमुख खरेलले बैशाख ७ गते बस्ने कार्यपालिकाको बैठकबाट सो विषयमा सहजीकरण गर्र्ने आश्वासन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय