उर्लाबारी । नेपाली कांग्रेसले कोशी प्रदेशसभाको सचेतकमा शोभा चेम्जोङ पालुङ्वालाई मनोनित गरेको छ ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता तथा पार्टीका कोशी प्रदेश सभापति उद्धब थापाले सचेतकमा सांसद पालुङ्वालाई मनोनित गर्नुभएको हो । नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहनुभएकी पालुङ्वा समानुपातिकबाट सांसद बन्नुभएको थियो । उर्लाबारी–५ निवासी पालुङ्वा प्रभावशाली महिला नेतृ हुनुहुन्छ ।























