उर्लाबारी । कोरोनाको महामारीमा संकलन गरेको राहत सामाग्री वितरण नै नगरी गोदाममा कुहाएर फालेको विषयलाई लिएर विवाद सिर्जना भएपछि रतुवामाई नगरपालिकाले छानविनबाट दोषी देखिए जो कोहीलाई कार्वाही गर्ने जनाएको छ ।
रतुवामाई नगरपालिकाका प्रवक्ता भुलबहादुर कार्कीले सोमबार विज्ञप्ति जारी गर्दै घटनामा के भएको हो ? यथार्थ छानविन गरी दोषी ठहरिए जो कोही भएपनि आवश्यक कार्वाही गर्ने जनाएको हो । नगरपालिकाले जैविक मल, नुन, तरकारी मिनी किट, चामल सोना, दाल मुसुरी र साबुन म्याद गुज्रेको नष्ट गरेको विज्ञप्तिमार्फत जनाएको छ । २०८० माघ १० गते रतुवामाई नगरपालिका–७ को अस्थायी फोहोर फाल्ने स्थानमा उक्त सामाग्री नष्ट गरिएको नगरपालिकाले प्रष्ट पारेको छ ।























