उर्लाबारी । कोरोनाको महामारीमा संकलन गरेको राहत सामाग्री वितरण नै नगरी गोदाममा कुहाएर फालेको विषयमा मुछिएका भ्रष्ट कर्मचारीलाई जोगाउन खोजेको भन्दै रतुवामाई नगरपालिकामा तालाबन्दी गरिएको छ ।
आज सयौं संख्यामा उपस्थित नागरिक समाजले नगरपालिकामा तालाबन्दी गरेको हो । ठूलो संख्यामा तैनाथ प्रहरीलाई पन्छाउँदै स्थानीयले तालाबन्दी गरेका छन् । भ्रष्टचारको अखडा रतुवामाई नगरपालिका बनेको भन्दै सबै भ्रष्टचारका बारेमा छानविन नभएसम्म आन्दोलन नरोकिने स्थानीय युवा प्रदिप नेपालीले बताउनुभयो ।























