उर्लाबारी । मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेद्वारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने आचारसंहितामा उल्लेख छ । तर, त्यसको धज्जी उडाउँदै इलाम–२ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलन लिम्बूले चुनाब चिन्हसहितको ब्याज लगाएर मतदान केन्द्रमा पुगेका छन् ।
उनले मतदान गरेको तस्बीरमा पनि उनले ब्याज लगाएको देखिन्छ । उनी सोही ब्याज लगाएर विभिन्न मतदान केन्द्रहरुमा पुगेका छन् । यसरी उम्मेद्वारले नै आचारसंहिताको धज्जी उडाउनु लाजमर्दो भएको मतदाताहरु बताउँछन् । नयाँ र फरक भन्नेहरुको हर्कत देखेर मतदाता नै रुष्ट देखिन्छन् । समाज र कानुनलाई चुनौति पनि दिने काम उम्मेद्वार मिलन लिम्बूले गरेको भन्दै अधिवक्ता स्वागत नेपालले विरोध जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् –‘के हेरिरहेको छ निर्वाचन आयोग ? कानुन उल्लंघन गर्ने रवीको आडमा उनका पिछलग्गुको उन्माद ।’
स्वागत नेपालले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्
अहिल्यै त सहकारी ठगीमा जाहेरी पर्दा पनि अनुसन्धान रोकेर कानुन हातमा लिने नाइके गृहमन्त्री भएकोले उनका पिछलग्गु मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदान गरे, यो नै धाँधली हो मतदान स्थलमा चुनाव चिन्ह लिएर छातीमा टाँसेर जान पाइन्न । के हेरिरहेको छ निर्वाचन आयोग ? त्यसमा पनि उनले आफ्नो फेसबुकमा आफैँ पोष्ट गरेर थप प्रचार गरेका छन् । निर्वाचन आयोगले तत्काल कारवाही गरेर अहिल्यै उम्मेदवारी खारेज भएको र उनको लागि खसेको मत गणनामा नलिने कुराको जानकारी गराउनुपर्छ । मिलनले आचारसंहिता विपरित मतदानको समयमै प्रचार गर्दै भोट हालेका मात्र छैनन्, समाज र कानुनलाई चुनौति पनि दिएका छन् आफैले फेसबुकमा पोष्ट गरेर । अहिल्यै त गाली राजनीतिको नाइके गृहमन्त्री छँदै छ मलाई के हुन्छ र भनेर कानुन उल्लंघन गर्नेले भोलि के गर्छ ? त्यही गर्छ जुन उनका विदेशी एजेण्ट सहकारी ठग नाइकेले गर्छन् । नजानी गरेको हो भने यति पनि कानुनी व्यवस्था नजान्ने उट्पट्यांग मान्छे कानुन बनाउने ठाउँमा गएर के गर्छन्, केवल विदेशी एजेण्ट भनेको कुरामा ताली बजाउँछन्, जानेर गरेको हो भने यस्ता अराजकहरुबाट केही हुन्न । (नोट ः मैले यो पोष्ट गरेपछि केही बेरमा फेरि मिलनले मैले त मतदान गरेँ भन्दै पहिलाको फोटो एडिट गरेर फेरि पोष्ट गरिएको छ । साइबर स्यालको हुँइय्या मच्चाउन एडिट नै पेशा भएकाहरुलाई अरुले कहाँ भेट्छ र )























