उर्लाबारी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आजदेखि कोशी प्रदेशमा २ महिने पूर्वेली अभियान सुरु भएको छ ।
कोशी प्रदेशका १४ जिल्लाका पालिकाहरुमा पूर्वेली अभियान सुरु भएको हो । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका सह–इन्चार्ज सावित्रीकुमार काफ्ले (समर) को प्रमुख आतिथ्यतामा मोरङको उर्लाबारीमा पनि २ महिने पूर्वेली अभियान सुरु भएको छ । नेकपा माओवादी केन्द्र उर्लाबारीका नगरअध्यक्ष गजेन्द्र दंगालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङ, सल्लाकार महेन्द्रजंग तामाङ, संविधानसभा सदस्य नगेन्द्र धिमाललगायतले बोल्नुभएको छ । नगरउपाध्यक्ष खगेन्द्र पराजुलीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिब पवन चौधरीले गर्नुभएको थियो । कार्यक्रममा अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । आगामी असार १५ गतेसम्म सञ्चालन हुने अभियानका लागि केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङलाई कमाण्डर तोकिएको छ । दुई महिने अभियानमार्फत माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको कमाण्डर चेम्जोङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अभियानमा पार्टीको विचार, दृष्टिकोण, पार्टी र सरकारले गरेका कामबारे छलफल हुने छ । वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक पुनर्गठनको आवश्यकताले रूपान्तरणको दुई महिने अभियान सुरु गरिएको हो ।’ अभियानको क्रममा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना, विभिन्न तहका पार्टी कार्यालय व्यवस्थापन, अन्तरविरोधको पहिचान, कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माणको काम गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय