उर्लाबारी । नेकपा (एमाले) का कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले इलामेली जनतालाई धन्यवाद दिनुभएको छ ।
आज नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङले इलाम २ मा सानदार विजयी हासिल गरेपछि उहाँले विज्ञप्ति जारी गर्दै धन्यवाद दिनुभएको हो । उहाँले निर्वाचन सहयोग गर्ने नेकपा माओवादी, नेकपा विप्लव समूह, परिवार दललगायत पार्टीका नेता तथा कार्यकर्ता र आम इलामेली जनतालाई आभार प्रकट गर्नुभएको छ । ‘एमालेमाथि घेराबन्दी, सर्दियौदेखि आपसी मेलमिलाप, सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई खलल पु¥याउने अनेकौं दुस्प्रयासहरुलाई चिर्दै इलामेली जनताले एमालेमा देखाएको सम्मानप्रति पार्टीले उच्च मूल्याकंनसहित आभार ब्यक्त गर्दछ’ उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै सुदुरपश्चिमको बझाङबाट प्रदेशसभा सदस्यमा दमनबहादुर भण्डारी विजयी हुनुभएकोमा बधाई ज्ञापन गर्दै विज्ञप्तिमा भनिएको छ –‘एमाले कोशीदेखि सुदुरपश्चिमसम्म जनताको ढुकढुकीमा बसेको प्रष्ट भएको छ ।’
अध्यक्ष खतिवडाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङलाई बधाई तथा शुभकामना पनि दिनुभएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय