उर्लाबारी । मोरङको मिक्लाजुङ–२ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) को नेतृत्वमा अपाङ्गता तथा अन्य बिरामीहरुलाई घरघरमा पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।
स्वास्थ्यकर्मीहरुसहितको टोलीले वडाका ४० जनाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण तथा हलिक्स वितरण गरिएको हो । वडाबासीहरुलाई सहज होस् भन्ने हेतुले घरघरमा पुगेर स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरेको वडाध्यक्ष श्रेष्ठको भनाई छ । आगामी दिनमा वडामा बृहत स्वास्थ्य शिबिरको आयोजना गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय